हेटौँडा । हेटौँडा स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कायममुकायम व्यवस्थापक बन्द कोठाभित्र गम्भीर बिरामी अवस्थामा फेला परेकी छन्।
कार्यालय परिसरभित्रको कोठा लामो समयसम्म नखुलेपछि शंका लागेर ढोका फुटाएर हेर्दा उनी अचेतजस्तै अवस्थामा भेटिएकी थिइन्। त्यसपछि तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जनाइएको छ।
उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ भने कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।
















