बुटवल । बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामा निर्माण गरिएका घर टहरा हटाउने काम सुरु गरिएको छ।
तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको उक्त सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालत तुलसीपुर बुटवल इजलास लाई भोगाधिकार दिइएको थियो।
साबिक वडा नम्बर ६, हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साबिक कित्ता नम्बर ३९६ (हाल कित्ता नम्बर ७, ८, १२, ६१, १३ र ४) को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका संरचना हटाउन थालिएको हो।
बुटवल उपमहानगरपालिका ले शनिबार साँझ माइकिङ गर्दै सरकारी जग्गामा बनेका संरचना तत्काल हटाउन सूचना जारी गरेको थियो। त्यसपछि आइतबारदेखि डोजर प्रयोग गरी हटाउने प्रक्रिया अघि बढाइएको हो।















