Spread the love

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं. ९ ले बैंकसम्म पुग्न असमर्थ ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।

वडा अध्यक्ष अनन्त अधिकारीको सक्रियता तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) बकुलहर शाखासँगको समन्वयमा सञ्चालन गरिएको अभियानअन्तर्गत दुई दिनमा ५२ जना लाभग्राहीलाई घरदैलोमै पुगेर भत्ता वितरण गरिएको हो।

वडा सचिव सूर्यप्रसाद ढुङ्गानाका अनुसार अशक्तता तथा अपाङ्गताका कारण बैंकसम्म पुग्न नसक्ने नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घरमै पुगेर भत्ता वितरण गरिएको हो। भत्ता वितरणका क्रममा बैंकका कर्मचारीले आवश्यक बैंकिङ प्रक्रिया  लाभग्राहीकै घरमा पुगेर सम्पन्न गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय