Spread the love

रत्ननगर । आर्थिक अभाव र भौगोलिक विकटताका कारण नागरिकताबाट बन्चित राप्तीका चार वटा वडाका बासिन्दालाई बस्तीमै पुगेर नागरिकता वितरण गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी गशेण अर्याल र राप्ती वडा नं ४ निवासी समाजसेवी दीपक गौतम सहितका युवाहरु बीच भएको छलफलमा राप्ती वडा नं. १०, ११, १२ र १३ का स्थानीय बासिन्दाहरूलाई बस्तीमै शिविर सञ्चालन गरि नागरिकता प्रदान गर्ने भएको हो । चार वटा वडाका अझै पनि करिब एक हजार जना नागरिकता पाउनबाट बन्चित रहेका छन् ।

भौगोलिक विकटता,आर्थिक अभाव र नाता सम्बन्धको झमेलाका कारण सीमान्तकृत चेपाङ सहित अन्य समुदायका मान्छेहरुले नागरिकता बनाउन नसकेको समाजसेवी गौतमले बताए । एक हप्ता भित्र विवरण संकलन गर्ने र १५ दिन भित्र बस्तीमै पुगेर सिडियो सावको नेतृत्वमा नागरिकता वितरण गर्ने सहमति भएको गौतमले जानकारी दिए ।

भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकहरूले नागरिकता बनाउन सदरमुकामसम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिकको घरदैलोमै राज्यको सेवा पुर्‍याउने प्रयास गरिएकाे गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय