रत्ननगर । रत्ननगर वडा नं ८ स्थित बाघमारा खेल मैदानमा जारी रत्ननगर कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा भरतपुर फुटबल क्लव विजयी भएको छ ।
अभिषेक चर्ज रजहरलाई ५—४ गोल अन्तरले पराजित गर्दै भरतपुर विजयी भएको हो । निर्धारित समयमा दुबै टिकबाट २÷२ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले युवा तथा खेलकुद विकास समिति रत्ननगर ७ ले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिता अन्तर्गत सोमबार कटारी टाइगर फुटबल क्लव उदयपुर र देवदह क्वाईज रुपन्देही बीच हुने खेल संयोजक संजय लामाले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेता टिमले २ लाख रुपैया तथा शिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
म्यानअफ दी म्याच घोषित हुने खेलाडीलाई रु पाँच हजार उत्कृष्ट गोल किपर, सर्वाधिक गोलकर्ता, सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड र उत्कृष्ट कोचलाई जनही १०÷१० हजार नगद पुरस्कार प्रदान गरिने खेल उपसंयोजक सुरेश चौधरीले जानकारी दिए ।
संरक्षक रत्ननगर नगरपालिका संरक्षक र प्रदेश खेलकुद विकास परिषद् प्रर्बधक रहेको प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको आर्थिक समितिका संयोजक एसके चौधरीले जानकारी दिए ।









