Spread the love

चितवन । भर्टेक्स इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको आयोजनामा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि ‘रेसिडेन्सियल ओरिएन्टेसन एन्ड वेलकम प्रोग्राम २०२६’ सम्पन्न भएको छ। भरतपुर विमानस्थल अगाडि अवस्थित चितवन ग्रान्ड रेसिडेन्समा आयोजित समारोहमा विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरिएको हो।

संस्थाका प्रिन्सिपल सुदीप बास्तोलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन ग्रान्ड रेसिडेन्सका महाप्रबन्धक सुधीर उप्रेती प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि उप्रेतीले हस्पिटालिटी क्षेत्रमा अनुशासन, लगनशीलता र व्यावहारिक अभ्यासको महत्त्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो। त्यस्तै, प्रिन्सिपल बास्तोलाले विश्वस्तरीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र व्यावहारिक जनशक्ति उत्पादन गर्नु नै संस्थाको मूल लक्ष्य रहेको बताउनुभयो।

शिक्षिका बबिता थिङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अमृत तामाङले इन्स्टिच्युटका शैक्षिक कार्यक्रम तथा सिकाइ वातावरणबारे जानकारी गराउनुभएको थियो भने औपचारिक सञ्चालन शिक्षिका पूजा लामिछानेले गर्नुभएको थियो।

‘ट्रेनिङ क्वालिफिकेसन्स यूके’ (TQUK) बाट सम्बन्धनप्राप्त तथा ‘टेन हिल एजुकेसन’ को सहकार्यमा आयोजित सो कार्यक्रममा HDHM, DHM र DPC तहका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय