Spread the love

पूर्वी चितवनको रत्ननगर–९ स्थित टिकौलीचौरमा असोज ९ गतेबाट प्रथम पञ्चकन्या गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सान रियल स्टेट नेपाल प्रालि मुख्य प्रयोजक रहेको सो प्रतियोगिता रत्ननगर–१२ स्थित न्यू पञ्चदीप युवा क्लबले आयोजना गरेको हो ।

आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी र उद्देश्यका बारेमा जानकारी गराएको हो । रत्ननगर नगरपालिका संरक्षक, पञ्चकन्या सामुदायिक वन सहसंरक्षक, ११ र १३ नम्बर वडा कार्यालय सहआयोजक रहेको प्रतियोगिताका आठ वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक दिनेश रानामगरले जानकारी दिए ।

पत्रकार सम्मेलनका प्रमुखअतिथि सान रियल स्टेटका सञ्चालक युवा व्यवसायी सन्देश तामाङले आफूले कमाएको केही हिस्सा मानवीय सेवा कार्यमा खर्च गर्दै आएको बताए । विगत लामो समयदेखि दीनदुःखीहरुको सेवामा समर्पित गर्दै आएको भन्दै उनले खेलकुदका माध्यमबाट युवाहरुलाई सही दिशा निर्देश गर्नका लागि गोल्डकपमा आफूले सहयोग गरेको बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख, दोस्रो पुरस्कार १ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरण थिङले जानकारी दिए । प्रतियोगितामा म्यान अफ दी म्याच हुने खेलाडीलाई ३ हजार, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरलाई १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय