Spread the love

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कर्णालीका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

देशका पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

मनसुनका कारण वर्षा हुने क्रम जारी रहेकाले भारी वर्षा हुन सक्ने स्थानमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय