काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। खुलातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गरेका छन्।
खुलातर्फ मधु आचार्य २ हजार ३४२ मतसहित निर्वाचित भएका छन्। समावेशी उपसभापति पदमा विनोद चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै जित हासिल गरेका छन्।


खुलातर्फ प्रतिस्पर्धा गरेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
समावेशी उपसभापति पदका अन्य प्रतिस्पर्धीमध्ये जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।
यसअघि महिला उपसभापति पदमा पुष्पा भुसाल र वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भइसकेका थिए।







