Spread the love

रत्ननगर, असोज २९ — रत्ननगर नगरपालिका वडा नं. १३ को कार्यालयले १० जना सुत्केरी आमालाई जनही एक हजार रुपैयाँ एम्बुलेन्स खर्चसहित पोषण तथा शिशु हेरचाहका सामग्री वितरण गरेको छ।

सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य र पोषणमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा घ्यू, तेल, चना, केराउ, दाल र बेबी किट्स वितरण गरिएको हो।

कार्यक्रममा वडाध्यक्ष पोटबहादुर घिमिरे, वडा सदस्य शारदा न्यौपाने र रत्नकुमारी श्रीमलले सुत्केरी आमालाई सामग्री हस्तान्तरण गरेका थिए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिकी संयोजक शारदा न्यौपानेले सहयोग कार्यक्रमबारे जानकारी गराएकी थिइन्। स्वास्थ्य चौकी प्रमुख सफल पौडेलले सुत्केरी अवस्थामा अपनाउनुपर्ने स्वास्थ्य सावधानी, पोषणयुक्त खानपान तथा आमा र नवजात शिशुको हेरचाहसम्बन्धी जानकारी दिएका थिए।

सो अवसरमा वडाध्यक्ष घिमिरेले सामग्रीको परिमाणभन्दा पनि सुत्केरी आमाको स्वास्थ्यप्रति चासो व्यक्त गर्नु र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। कार्यक्रमको सञ्चालन वडा सचिव लीलानाथ अर्यालले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय