Spread the love

रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर ११ ले विपन्न परिवारकी विद्यार्थी आयुषा तामाङलाई साइकल सहयोग गरेको छ।

रत्ननगर–११ शीतलटोल निवासी आयुषा पञ्चकन्या माध्यमिक विद्यालय, जिरौनामा कक्षा ८ मा अध्ययनरत छिन्। उनको विद्यालय आवतजावतलाई सहज बनाउने उद्देश्यले वडा कार्यालयले साइकल उपलब्ध गराएको हो।

एक कार्यक्रमका बीच वडा अध्यक्ष श्यामकुमार श्रेष्ठ, वडा सदस्य हर्कबहादुर सारु थापा र वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले संयुक्त  रूपमा आयुषालाई साइकल हस्तान्तरण गर्नुभएको थियो।

वडा कार्यालयको यस सहयोगले आयुषाको विद्यालय आवतजावत सहज हुनुका साथै अध्ययनलाई निरन्तरता दिन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यार्थीको आवश्यकता पहिचान गरी गरिएको यस्तो सहयोगले शिक्षाप्रतिको पहुँच र अवसर विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय