Spread the love

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१४, प्रगतिनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१६, सेमलार निवासी करिब ६० वर्षीया मञ्जु रिजाल शर्मा रहेकी छन्। उनी देवचुली–१४, छत्तीसघरस्थित देवरको घरमा पाहुना आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति करिब ९ बजे प्रगतिनगरस्थित चन्द्रदीप पेट्रोल पम्पनजिकै बाटो काट्ने क्रममा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४०६७ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएकी शर्माको मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय