Spread the love

रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर ९ को कार्यालयले वडावासीलाई खानेपानीको नयाँ धारा जडानमा थप २५ प्रतिशत छुट दिने निर्णय गरेको छ। रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले प्रदान गर्ने ५० प्रतिशत छुटमा वडा कार्यालयले थप २५ प्रतिशत सहुलियत दिने निर्णय गरेसँगै उपभोक्ताले कुल ७५ प्रतिशत छुट पाउने भएका हुन्।


रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मंसिर ५ गते बसेको निर्णयअनुसार मंसिर ७ गतेदेखि पुस ७ गतेसम्म नयाँ धारा जडान गर्ने उपभोक्तालाई जडान शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

यसैगरी, रत्ननगर नगरपालिका वडा नम्बर ९ को वडा समितिको मंसिर ८ गतेको निर्णयअनुसार सोही अवधिमा नयाँ धारा जडान गर्ने वडावासीलाई वडा कार्यालयको तर्फबाट थप २५ प्रतिशत छुट उपलब्ध गराइनेछ।

वडा कार्यालयले सूचना जारी गर्दै उक्त छुट सुविधाबाट लाभ लिन वडावासीलाई आग्रह गरेको छ।

खानेपानीको पहुँच विस्तार गर्ने र आर्थिक अभावका कारण नयाँ धारा जडान गर्न नसकेका उपभोक्तालाई सहुलियत प्रदान गर्ने उद्देश्यले गरिएको यस निर्णयबाट वडावासी लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय