Spread the love

काठमाडौँ । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक सानेपा स्थित केन्द्रीय कार्यालयमा सोमबार बिहान ११ बजे बस्ने तय गरिएको हो ।

बैठकमा पार्टी सभापति गगन थापा ले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिका आधारमा नाम टुंग्याउने तयारी गरिएको बताइएको छ ।

कार्यसम्पादन समितिको बैठक लगत्तै सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ । दलको नेता चयनका लागि सहमति जुटाउने प्रयासस्वरूप बैठकहरू बोलाइएको हो ।

यसअघि शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचन स्थगित गर्दै सर्वसम्मत रूपमा नेता चयन गर्न वार्ता टोली गठन गरेको थियो । टोलीको नेतृत्व उपसभापति विश्वप्रकाश शर्मा ले गरेका छन् । टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे तथा निर्वाचन समितिका संयोजक एवं सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय