Spread the love

कालिका–१, गडुवास्थित तल्लोभेग खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गजमान तामाङ, सचिवमा टुकमाया सोती र कोषाध्यक्षमा सोनम लामा चयन भएका छन् । यस्तै, सदस्यहरूमा गीता थिङ, सन्चमाया लामा, कुमारी तामाङ, चन्द्रबहादुर स्याङ्बो, काजीमान मगर र दावादोर्जे लोप्चन रहेका छन् । लेखा समिति संयोजकमा रोशन लोप्चन चयन भए ।

नवनिर्वाचित समितिले खानेपानी सेवा विस्तार, थप धारा जडान, नियमित व्यवस्थापन, सरसफाइ तथा उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ । सभाले समितिको आगामी कार्ययोजना, खानेपानी सेवा विस्तार, थप धारा जडान, सरसफाइ तथा उपभोक्ताको हितमा गर्नुपर्ने विभिन्न कामका विषयमा छलफल गर्दै नयाँ कार्यसमिति चयन गरेको हो ।


समितिका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिका–१ का वडाध्यक्ष सन्तवीर स्याङदान प्रमुखअतिथि एवम् चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङ विशिष्टअतिथि रहेका थिए । सचिव टुकमाया सोतीले सञ्चालन गरेको सभामा कोषाध्यक्ष सोनम लामाले समितिको आम्दानी तथा खर्च विवरण प्रस्तुत गरेका थिए ।

हालसम्म १७५ वटा खानेपानीका धारा जडान भइसकेको र उपभोक्ताको माग तथा आवश्यकताअनुसार थप धारा जडान गर्ने योजना रहेको नवगठित समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बताए । कार्यक्रममा लालीगुराँस टोलका अध्यक्ष कृष्णप्रसाद घिमिरे, सूर्यपुर खानेपानीका हरिप्रसाद दंगाल र चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङले मन्तव्य राखेका थिए । सभामा जग्गादाता छलीमाया श्रेष्ठ तथा बढी पानी महसुल बुझाउने उपभोक्ता गोविन्दप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय