Spread the love

काठमाडौं, २३ भदौ । रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख सहयोग गरेको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै भायानेटले उक्त सहयोग प्रदान गरेको जनाएको छ। विपद्को समयमा राहत तथा पुनःस्थापनाका कार्यमा योगदान पुर्‍याउनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष रहेको कम्पनीको भनाइ छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको सहयोगले रसुवा बाढी प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको भायानेटले जनाएको छ।

भायानेटले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै प्रभावित सम्पूर्ण व्यक्ति तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा सहयोगमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न मानवीय सहायता र राहत कार्यमा संलग्न व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।

कम्पनीले विपद्का कारण प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

भायानेटले “संकटको घडीमा नेपालसँगै” भन्ने प्रतिबद्धतासहित सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय