रत्ननगर । रत्ननगरका युवा व्यवसायी तथा समाजसेवी सन्देश तामाङले आगामी रत्ननगर नगरपालिकाको मेयर बनेर नगरको विकास र सुसासनको क्षेत्रमा काम गर्ने योजना बनाएर अगाडि बढेका छन् ।
सान रियल स्टेट नेपाल प्रा.लिका सञ्चालक तामाङले व्यवसायबाट आफुले कमाएको केही हिस्सा मानवीय सेवा कार्य र सामाजिक क्षेत्रमा लगानी गर्दै आएका छन् । भूकम्प र कोरोनामा राज्यलाई नै सहयोग पुग्ने गरी आवश्यक सहयोग गरेका उनले गरिव तथा विपन्न समुदायको शिक्षा र स्वास्थ्य सुरक्षाका लागि लगानी गर्दै आएको बताउनुभयो ।

युवापंक्तिमा अत्यन्तै लोकप्रिय तामाङलाई समाजका हरेक मान्छेहरुले उर्जाशिल युवाको रुपमा लिने गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सामाजिक सञ्जालमा भावी मेयरको खोजी गर्न गरिएको पोष्टमा उनी अग्रपंतिमा देखिएका छन् । मैले लामो समय देखि मानवीय सेवा कार्य गर्दै आएको छु उनले भने अब पदमा बसेर नगरबासीको सेवा गर्ने दृढ इच्छा शक्ति रहेको छ ।
तामाङले असोज ९ गतेबाट टिकौली चौरमा हुने प्रथम पञ्चकन्या गोल्डपकमा पनि सहयोग गरेका छन् । आफ्नो व्यवसायिक संस्थालाई मुख्य प्रायोजक बनाएका उनले खेलकुद मार्फत युवाहरुलाई सही मार्ग निर्देश गर्न सकिन्छ भन्ने मान्यताका साथ गोल्डकपलाई सहयोग गरेको बताए ।






