Spread the love

रत्ननगर । रत्ननगर नगरपालिका अन्तर्गत सञ्चालित निजी (संस्थागत) विद्यालयहरूले मापदण्डविपरीत विभिन्न शीर्षकमा शुल्क वृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ।

नेपाली कांग्रेस निकट नेविसंघ, अनेरास्ववियू क्रान्तिकारी, अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै निजी विद्यालयहरूले अभिभावकको ढाड सेक्ने गरी एकतर्फी र मनोमानी शुल्क वृद्धि गरेको आरोप लगाएका हुन्।

 

उनीहरूले कानुनअनुसार जेहेन्दार, विपन्न, दलित तथा सीमान्तकृत विद्यार्थीका लागि छुट्याइएको १० प्रतिशत छात्रवृत्ति पारदर्शी रूपमा वितरण गर्नुपर्ने, निजी विद्यालयको वित्तीय अडिट गरी मनोमानी गर्ने विद्यालय प्रशासनलाई कानुनी कारबाही गर्नुपर्ने र निजी विद्यालयले सञ्चालन गरेका छात्रावासलाई स्थानीय तहमा अनिवार्य दर्ता प्रक्रियामा ल्याउनुपर्ने माग अघि सारेका छन्।

संयुक्त विद्यार्थी संगठनले आफ्ना माग पूरा गर्न ७२ घण्टाको अल्टिमेटम दिएको छ। उक्त अवधिभित्र बढाइएको शुल्क फिर्ता नगरिए सशक्त तथा चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिएका छन्।

आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित विद्यालय प्रशासन तथा मौन बसेको स्थानीय सरकार स्वयंले लिनुपर्ने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।
संयुक्त विज्ञप्तिमा नेविसंघका विवेक उदास, अनेरास्ववियू क्रान्तिकारीका चोकबहादुर गुरुङ, अनेरास्ववियुका सरोज तिम्लसिना र अनेरास्ववियूका दीपक थापाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय