Spread the love

रत्ननगर । रत्ननगर नगरपालिका–११, मंगलपुर स्थित जलदेवी टोल विकास संस्थाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाको आय–व्यय, भवनको पाली निर्माण तथा पुनर्निर्माण र आगामी योजनाबारे जानकारी गराइएको थियो ।

संस्थाका अनुसार वडा नं ११ बाट प्राप्त रु १ लाख र जनश्रमदानबाट रु १७ हजार ९६३ रुपैयाँ ९६ पैसा गरी कुल रु १ लाख १७ हजार ९६३ रुपैयाँ ९६ पैसा आम्दानी भएको र उक्त रकमबाट टोल विकास संस्था भवनको पाली निर्माण तथा पुनर्निर्माण गरिएको टोल विकास संस्थाका अध्यक्ष हिमबहादुर सुनारले बताए । डोजर तथा गाडी भाडा, मजदुरी, ढुवानीलगायत शीर्षकमा सोही बराबरको रकम खर्च भएको सुनारले बताए । साथै आम्दानी र खर्च बराबर रहेको बताए ।

सो टोल विकास संस्था भवन रहेको स्थानमा गाउँघर क्लिनिकसमेत सञ्चालन हुँदै आएको छ । भवनको पाली निर्माण तथा पुनर्निर्माणले टोलका नियमित गतिविधि र गाउँघर क्लिनिक सञ्चालनमा समेत सहजता पुगेको जनाइएको छ सार्वजनिक सुनुवाइमा स्थानीयवासीले सेवा प्रवाह, गाउँघर क्लिनिक, विकास निर्माण तथा आगामी योजनाबारे प्रश्न, सुझाव र जिज्ञासा राखेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष सिता गुरुङ, सचिव मिना राना मगर, कोषाध्यक्ष तारा देवी शारु मगर, निवर्तमान अध्यक्ष नरबहादुर रिचिमगर, पूर्व कोषाध्यक्ष सविना बाँचे मगर र गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष के.पी. किरण शर्मालाई सम्मान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर–११ की वडा सदस्य ज्योती विश्वकर्मा रहनुभएको थियो। कार्यक्रममा वडा सचिव सूर्यप्रसाद ढुंगाना, आधारभुत स्वास्थ्य केन्द्र प्रमुख दुर्गा श्रेष्ठ लगायत टोल विकास संस्थाका पदाधिकारी, सदस्य तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय