काठमाडौं — संघीय संसदको चालू अधिवेशन आज रातिबाट औपचारिक रूपमा अन्त्य हुँदैछ। सरकारको सिफारिसमा रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्।
फागुन २१ बाट निर्वाचित प्रतिनिधिसभाको अधिवेशन चैत १९ गतेबाट सुरु भएको थियो। छोटो अवधिमै अधिवेशन अन्त्य गरिएको हो। अब सरकारले आगामी बजेट अधिवेशनको तयारीमा ध्यान केन्द्रित गर्ने बताइएको छ।
















