चितवन । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को आयोजनामा विजया दशमी २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीले चाडपर्वले समाजमा आपसी भाइचारा, सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले पत्रकारिता समाजको ऐना भएकाले व्यावसायिक मर्यादा र उत्तरदायित्वलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।



विशिष्ट अतिथि युरो मोटर्स प्रा.लि.का अध्यक्ष रुबिन रामुदामुले चाडपर्वले सकारात्मक ऊर्जा प्रवाह गर्ने उल्लेख गर्दै सञ्चारमाध्यम र व्यावसायिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सफल मोटर प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष भट्टराई, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र अधिकारी तथा पुष्पाञ्जली हस्पिटलका प्रबन्ध निर्देशक सुजन अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। उहाँहरूले सञ्चारमाध्यमले व्यावसायिक तथा सामाजिक उत्तरदायित्व वहन गर्दै निष्पक्ष सूचना प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमको उद्देश्यबारे उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सभापतित्व गर्नुभएका संस्थाका अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टले उपस्थित अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्था सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणमा प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन संस्थाका निर्देशक राजकुमार श्रेष्ठले गर्नुभएको थियो।







