रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–९, मोहनामा रहेको महोवन टोल विकास संस्थाले विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष धनञ्जय शर्माको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बालबालिका तथा महिलाका लागि विभिन्न मनोरञ्जनात्मक प्रतियोगिता सञ्चालन गरिएको थियो।



कार्यक्रमअन्तर्गत बालबालिकातर्फको सियो–धागो प्रतियोगितामा रोहित शर्मा प्रथम, ईश्वर अगस्ति द्वितीय र आस्था ढुंगाना तृतीय भए। त्यस्तै महिलातर्फको सियो–धागो प्रतियोगितामा लक्ष्मी घिमिरे प्रथम, सम्झना अगस्ति द्वितीय र गोमा घिमिरे तृतीय भएका छन ।
त्यसैगरी, पिठोमा बिस्कुट खोज्ने प्रतियोगितामा सीतादेवी शर्मा प्रथम, नम्रता शर्मा द्वितीय र आरुसी बस्ती तृतीय भए भने घैँटो फुटाउने प्रतियोगितामा पुरुषतर्फ पुनाराम शर्मा र महिलातर्फ नम्रता शर्मा विजयी भएका छन । भने बालबालिकातर्फको म्युजिकल चियरमा निश्चल शर्मा प्रमथ, नितिज्ञा शर्मा द्वितीय र रोहित शर्मा तुतीय भएको अध्यक्ष शर्माले बताए ।







