रत्ननगर । रत्ननगरका व्यवसायी मिलन लामा गोलेले रत्ननगर नगरपालिका वडा नं. १३ स्थित भद्रेश्वर महादेव मन्दिरमा जारी महायज्ञमा ५० हजार १० रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। धार्मिक तथा सामाजिक कार्यप्रति आफ्नो चासो र प्रतिबद्धता व्यक्त गर्दै उहाँले महायज्ञलाई उक्त रकम सहयोग गर्नुभएको हो।
रत्ननगरमा लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका गोले व्यावसायिक क्षेत्रमा स्थापित हुनुहुन्छ। व्यवसायसँगै उहाँले कलाकारिता, शिक्षा लगायत विभिन्न सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आउनुभएको छ। सामाजिक तथा सामुदायिक गतिविधिमा सहभागिता जनाउँदै सहयोग गर्दै आउनुभएका उहाँ धार्मिक तथा सामाजिक कार्यमा पनि योगदान पुर्याउँदै आउनुभएको छ।


व्यावसायिक सफलता हासिल गर्नुभएका गोले अब नगरको सार्वजनिक नेतृत्वमा समेत भूमिका निर्वाह गर्ने आकांक्षासहित अघि बढ्नुभएको छ। आसन्न स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रत्ननगरका तर्फबाट नगर प्रमुख (मेयर) पदका लागि आफ्नो नाम उम्मेदवार छनोट प्रक्रियामा दर्ता गराउनुभएको छ।
व्यवसाय, सामाजिक योगदान र सार्वजनिक नेतृत्वको आकांक्षालाई जोड्दै उहाँ रत्ननगरको समग्र विकास, समृद्धि र नगरको नेतृत्वमा आफ्नो भूमिका स्थापित गर्ने इच्छासहित राजनीतिक यात्रामा अघि बढ्न खोज्नुभएको देखिन्छ।
भद्रेश्वर महादेव मन्दिरमा जारी महायज्ञमा उहाँले गर्नुभएको सहयोग धार्मिक कार्यप्रतिको आस्था र सामाजिक योगदानको निरन्तरताका रूपमा लिइएको छ।









