काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुने र भोलिदेखि बन्दसत्र सुरु हुनेछ।
असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा देशभर तथा जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ।


प्रतिनिधिका सवारीसाधनका लागि धरहरा अन्डरग्राउन्ड, माइतीघर–भद्रकाली सडक, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरलगायत स्थानमा पार्किङको व्यवस्था गरिएको यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले जानकारी दिए।
पुरानो बसपार्क र भृकुटीमण्डपमा समेत पार्किङ व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनले बताए।






