काठमाडौं, असोज १९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार असोज १९ गते मतदाता नामावली प्रकाशन तथा दाबी–विरोधको प्रक्रिया पूरा हुनेछ। असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ।


असोज २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन प्रचारप्रसारका लागि समय दिइनेछ। असोज २२ गते बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म नयाँ केन्द्रीय कार्यसमितिका लागि मतदान हुनेछ।






