Spread the love

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ।

बडादसैँको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरिँदै छ। यस दिन पूजा कोठा वा दसैँ घरमा शक्तिस्वरूपा दुर्गा भवानीको आह्वान गरी पूजा आराधना गरिन्छ।

घटस्थापनाका दिन शुद्ध स्थानबाट ल्याइएको माटो वा बालुवामा जौँ रोपेर जमरा राख्ने परम्परा छ। दुर्गा भवानीलाई प्रिय मानिने जमरा विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गरिन्छ। जमरालाई समृद्धि र शुभताको प्रतीकका रूपमा लिने गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। दिनभर चित्रा नक्षत्र पर्ने भएकाले मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको समितिले जनाएको छ।

बडादसैँलाई नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा पारिवारिक मेलमिलापको प्रमुख पर्वका रूपमा मनाउने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय