रत्ननगर, जेठ २२ — विश्व वातावरण दिवसको अवसरमा रत्ननगर नगरपालिका–९, कपरफोरी बालुवाटारमा क्षेत्रमा टिकौली सामुदायिक वन र कपरफोरी बालुवाटार विपद् न्यूनीकरण समाजको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो। कार्यक्रममा स्थानीय समुदाय, वन उपभोक्ता तथा दुवै संस्थाका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बुद्धिसेन चौधरी, कपरफोरी बालुवाटार विपद् न्यूनीकरण समाजका अध्यक्ष रामचन्द्र पौडेल, संस्थाका कोषाध्यक्ष बसन्त अमगाई लगायत दुवै संस्थाका सम्पूर्ण कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।

सहभागीहरूले वातावरण संरक्षणका लागि वृक्षारोपण महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजक संस्थाहरूले विश्व वातावरण दिवसलाई सार्थक बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको जनाएका छन्।















प्रतिकृया दिनुहोस्