प्रमुख समाचार

पञ्चेबाजासहित घरबाटै भव्य स्वागत : समाजसेवी मुरलीप्रसाद गजुरेल खैरहनी मावीद्वारा सम्मानित

खैरहनी, असार ९। खैरहनी माध्यमिक विद्यालयले समाजसेवी मुरलीप्रसाद गजुरेललाई हार्दिक अभिनन्दन तथा सम्मान मंगलबार गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पन्तको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनिया प्रमुख अतिथि तथा समाजसेवी मुरलीप्रसाद गजुरेल र उहाँकी धर्मपत्नी यशोदा गजुरेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमअघि समाजसेवी गजुरेललाई विद्यार्थी, शिक्षक, अभिभावक […]

पूरा पढ्नुहोस्

कोशीमा मनसुनको प्रभाव बढ्दै, लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहरको जोखिम

काठमाडौँ । नेपालमा हाल पश्चिमी, स्थानीय तथा मनसुनी वायुको मिश्रित प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहँदा देशका अन्य अधिकांश भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ। महाशाखाले जारी गरेको पछिल्लो मौसम बुलेटिनअनुसार अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ। मधेस […]

पूरा पढ्नुहोस्

प्रविधिमैत्री किशोरी लक्षित तालिम सुरु, ३० किशोरी सहभागी

रत्ननगर । झुवानी सामुदायिक पुस्तकालयद्वारा सञ्चालित टेक एज गर्ल्स (TAG) परियोजना अन्तर्गत किशोरीहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको १५ महिने तालिम आजदेखि सुरु भएको छ। तालिम READ Nepal को सहयोगमा सञ्चालन गरिएको हो। झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिका–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उद्घाटन […]

पूरा पढ्नुहोस्

जनमतलाई जनताको हितमा प्रयोग गर्न रास्वपालाई ज्ञवालीको सुझाव

चितवन । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई देश र लोकतन्त्रलाई थप सुदृढ बनाउने ऐतिहासिक अवसर र जिम्मेवारी प्राप्त भएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै नेता ज्ञवालीले महाधिवेशनले केवल नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा सीमित नभई पार्टीको स्पष्ट राजनीतिक दृष्टिकोण, सिद्धान्त र भावी मार्गचित्र […]

पूरा पढ्नुहोस्

रास्वपा कांग्रेसको प्रतिस्पर्धी हो, दुश्मन होइन : गगन थापा

चितवन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राजनीतिक दलहरूले जनमतको सम्मान गर्दै सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्ने बताएका छन्। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले इतिहासमा राजनीतिक दलहरूले प्राप्त गरेको जनमत नेताहरूको अहंकार, आपसी टकराव र सत्तामोहका कारण पटक–पटक संकटमा परेको उल्लेख गरे। उनले […]

पूरा पढ्नुहोस्

‘रास्वपाले प्रतिशोध होइन, सहकार्यको राजनीति गर्छ’ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगरी सहकार्य, एकता र जनहितको राजनीतिलाई प्राथमिकता दिने बताएका छन्। चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाले जनताबाट प्राप्त विश्वासलाई जिम्मेवारीपूर्वक प्रयोग गर्ने र कसैप्रति पनि प्रतिशोधको भावना नराख्ने स्पष्ट पारे। राजनीतिक दलहरूबीच देखिएका वैमनस्यता […]

पूरा पढ्नुहोस्

‘सरकार एक्सप्रेस गतिमा छ, गन्तव्य नपुग्दासम्म रोकिन्न’ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन शाह ले वर्तमान सरकार निर्धारित लक्ष्य पूरा नभएसम्म नरोकिने बताएका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई ‘एक्सप्रेस गाडी’को संज्ञा दिँदै गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्ने बताएका हुन्। कतिपय राजनीतिक दलहरूले सरकारको गतिलाई लिएर व्यक्त गरेका टिप्पणीप्रति संकेत गर्दै प्रधानमन्त्री […]

पूरा पढ्नुहोस्

महोवन टोलमा बाल क्लब पुनर्गठन, सुजन शर्मा पौडेल अध्यक्ष चयन

रत्ननगर, असार ६ — रत्ननगर नगरपालिका वडा नं. ९ स्थित महोवन टोल विकास संस्थामा शनिबार आयोजित बालबालिकाहरूको भेलाले सुजन शर्मा पौडेलको अध्यक्षतामा बाल क्लब पुनर्गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष धनन्जय शर्माको सहजीकरणमा सम्पन्न कार्यक्रममा बाल क्लबको उपाध्यक्षमा दिया आचार्य, सचिवमा अङ्कित ढुंगाना, सहसचिवमा सृष्टिना मैनाली तथा कोषाध्यक्षमा रिदिमा बस्नेत चयन हुनुभएको छ। कार्यक्रममा […]

पूरा पढ्नुहोस्

टरौली स्वास्थ्य केन्द्रद्वारा ७० जना गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण

रत्ननगर, असार ३। रत्ननगर नगरपालिका–५ स्थित नगर स्वास्थ्य केन्द्र टरौलीले २५ जना गर्भवती र ४५ जना सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेको छ। बुधबार आयोजित कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले पोषण सामग्री वितरण गरिएको हो। वडा नं. ५ का अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चापागाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा […]

पूरा पढ्नुहोस्

शान्तिकुञ्जमा १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम

रत्ननगर, चितवन । शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा आयोजित १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ। महिला सदस्यहरूको सीप, क्षमता तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम आज एक औपचारिक कार्यक्रमका बीच सम्पन्न गरिएको हो। समापन समारोहका प्रमुख अतिथि रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी ले शान्तिकुञ्जले समाजका […]

पूरा पढ्नुहोस्