स्वास्थ्य – जीवनशैली

धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै गएपछि डायलिसिस सेवा विस्तार गरिएको छ । बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालमा सेवा विस्तार गरिएसँगै डायलिसिस गर्न पालो कुर्नु नपर्ने भएको हो । अहिले मिर्गौला रोगीका लागि अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर सेवा दिन थालिएको हो । नियमित डायलिसिस गर्नुपर्ने बिरामीलाई सहज रूपमा सेवा दिने […]

पूरा पढ्नुहोस्

रत्ननगर–९ मा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम

चितवन, रत्ननगर। रत्ननगर नगरपालिका वडा नं. ९ को आयोजनामा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकास सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना तथा आरोन एजुकेशनको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै वडा सदस्य सुस्मा खड्काथोकिले पछिल्लो समय मानिसहरू दैनिक जीवनशैली, पारिवारिक दायित्व […]

पूरा पढ्नुहोस्

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

कञ्चनपुर । कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको छ । व्यस्त कार्य तालिका, छोटो मातृत्व बिदा, ‘फर्मुला’ दूधको बढ्दो प्रयोग, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको आक्रामक विज्ञापन, सहरीकरण, बदलिँदो जीवनशैली तथा शल्यक्रियाद्वारा प्रसूति हुने संस्थाको सङ्ख्या बढ्नु यसका प्रमुख कारणका रूपमा देखिएको जनाइएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य नर्सिङ निरीक्षक आरती पाण्डेयका […]

पूरा पढ्नुहोस्

व्यास नगरपालिकाले बनायो साढे दुई करोडको नगर अस्पताल, हजारौँ नागरिक लाभान्वित हुने

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा निर्माण सम्पन्न भएको नगरस्तरीय अस्पतालमा दुई करोड ६४ लाखभन्दा बढी लगानी गरिएको छ । नगरपालिकाले निर्माण गरेको उक्त अस्पताल भवन तथा आवश्यक पूर्वाधारमा हालसम्म कुल दुई करोड ६४ लाख ३४ हजार ६५४ रुपैयाँ खर्च भएको जनाएको छ । सदरमुकाम दमौलीमा गण्डकी प्रदेश सरकार मातहतको प्रदेश अस्पताल सञ्चालनमा रहे पनि […]

पूरा पढ्नुहोस्

ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्। शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्। उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने […]

पूरा पढ्नुहोस्