चितवन । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज रु. १३,८०० प्रति वर्ष, करसहित मा उपलब्ध गराउँदै आएको छ। यस अफरअन्तर्गत रु. २,८२५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल रु. १,००० डिपोजिट मात्र लाग्नेछ। यो प्याकेज छिटो, भरपर्दो र आधुनिक इन्टरनेट अनुभव चाहने ग्राहकहरूका लागि उपयुक्त छ।
ग्राहकहरूले यस प्याकेजसँगै भायाटिभी मात्र रु. २५० प्रति महिना, करसहित मा थप गर्न सक्नेछन्। भायाटिभीमा २०० भन्दा बढी च्यानल, प्रत्यक्ष टिभी रोक्ने र फेरि चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र, सिरिज लगायतका मनोरञ्जन सुविधा उपलब्ध छन्। साथै, वार्षिक प्याकेज लिने ग्राहकहरूले पहिलो सेट-टप-बक्सका लागि रु. २,२६० पर्ने सक्रिय शुल्क नलाग्ने सुविधा पाउनेछन्। सेट-टप-बक्सका लागि केवल रु. १,००० डिपोजिट मात्र लाग्नेछ।
ग्राहकहरूलाई थप फाइदा दिन भायानेटले डामी एप सँग पनि सहकार्य गरेको छ। यस अफरअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकहरूले रु. १,५०० बराबरको १ वर्षको डामी एप सदस्यता निःशुल्क पाउन सक्नेछन्। डामी एपमार्फत ग्राहकहरूले रेस्टुरेन्ट, कपडा पसल, सैलुन, खुद्रा पसल लगायत विभिन्न ठाउँमा आकर्षक छुट पाउन सक्नेछन्। यो सुविधा हाल काठमाडौं, पोखरा र चितवन का ग्राहकहरूका लागि मात्र लागू हुनेछ।
भायानेटको उच्च गतिको वाईफाई ६ इन्टरनेट, भायाटिभीको मनोरञ्जन सुविधा र डामी एपको बचत सुविधासँगै ग्राहकहरूले घरमै राम्रो मनोरञ्जन र बाहिर किनमेल तथा सेवामा थप बचतको लाभ लिन सक्नेछन्। भायानेटको यस सिजनको सन्देश हो — “अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै।”
यसैबीच, भायाटिभी ग्राहकहरूले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्नेछन्।
फुटबल विश्वकप २०२६ को नेपालमा प्रसारण गर्ने अधिकार हिमालय टिभी सँग रहेको छ। हिमालय टिभीले तोकेको दरअनुसार ग्राहकहरूले रु. ९९९ प्रति टिभी मा कुपन खरिद गरी भायाटिभीमार्फत हिमालय स्पोर्ट्स च्यानल मा खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्।
ग्राहकहरूले ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएस लगायतका अनलाइन भुक्तानी एपमा “भायानेट खोजेर आफ्नो भायानेट ग्राहक आईडी राखी कुपन खरिद गर्न सक्नेछन्। साथै, भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोल्दा देखिने क्युआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिनेछ।
भुक्तानी पूरा भएपछि ग्राहकहरूले भायाटिभीमा हिमालय स्पोर्ट्स च्यानल खोली, खरिद गरिएको कुपन छानेर च्यानल सक्रिय गर्न सक्नेछन्।
नोट: एउटा कुपन एउटा टिभीमा मात्र प्रयोग गर्न सकिनेछ। एकपटक कुनै टिभीमा सक्रिय गरिसकेपछि उक्त कुपन अर्को टिभीमा सार्न मिल्नेछैन। ग्राहकहरूले नजिकको भायानेट आउटलेटमा गएर पनि कुपन खरिद गर्न सक्नेछन्।
थप जानकारीका लागि ग्राहकहरूले भायानेटको ग्राहक सेवा नम्बर ०१-५९७०६४४ मा सम्पर्क गर्न वा नजिकको भायानेट कार्यालयमा जान सक्नेछन्।















प्रतिकृया दिनुहोस्