रत्ननगर । विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा रत्ननगर–६ स्थित मा महिनावारी स्वच्छता तथा यसको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कक्षा १० की छात्रा कञ्चन श्रीपाली प्रथम, कक्षा ९ की छात्रा लिसा थापामगर द्वितीय, कक्षा १० की छात्रा बविता चौधरी तृतीय तथा कक्षा १० कै अन्तिमा पौडेल सान्त्वना हुन सफल भएका थिए । विजेता विद्यार्थीहरुलाई पुरस्कारस्वरूप शैक्षिक सामग्री प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय इको क्लबकी अध्यक्ष रोजा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा इको क्लबकी सहयोगी शिक्षिका ले समाजमा अझै पनि महिनावारीसम्बन्धी भ्रम र अन्धविश्वास कायम रहेकाले विद्यालयस्तरमै सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताइन् । उनले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यस अवधिमा सरसफाइ र स्वच्छतामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिन् ।
यसैगरी विद्यालय नर्स ले सहभागी विद्यार्थीहरुलाई महिनावारीका समयमा अपनाउनुपर्ने स्वच्छता, स्यानिटरी प्याडको सही प्रयोग तथा सुरक्षित विसर्जनबारे जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण शिक्षक ले गरेका थिए ।















प्रतिकृया दिनुहोस्