चितवन, खैरहनी । महिलाको सुध्रिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजना अन्तर्गत रुपान्तरणकारी सामाजिक परिचालन तालिम खैरहनी नगरपालिका–३ मा सम्पन्न भएको छ। नेपाल दलित महिला उत्थान संघ ९एड्वान०को आयोजना, करुणा ट्रष्टको प्राविधिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो।
कार्यक्रममा एड्वानकी उपाध्यक्ष तीर्थकुमारी विकले स्वागत मन्तव्य व्यक्त गर्दै महिलाहरूलाई व्यवसाय तथा उद्यमशीलतामा जोडिएर आत्मनिर्भर बन्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
तालिम समापन कार्यक्रममा एड्वानकी अध्यक्ष विन्दु थापा परियारले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता तालिम आवश्यक रहेको बताइन्। उनले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्न सके मात्रै वास्तविक परिवर्तन सम्भव हुने उल्लेख गरिन्। “महिलाहरू आर्थिक रूपमा सक्षम भए परिवार र समाज दुवै सशक्त बन्छन्। सिकेका कुरा व्यवहारमा उतारेर आत्मनिर्भर बन्नु आजको आवश्यकता हो,” उनले भनिन्।
खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले महिलाहरूले आम्दानी अनुसार खर्च गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिइन्। उनले महिलाहरू आत्मनिर्भर बनेपछि अरूमाथि निर्भर रहनु नपर्ने बताउँदै तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गरी जीवनमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गरिन्। “आर्थिक अनुशासन र सीपको सही प्रयोगले महिलाहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सक्छ,” उनले भनिन्।
कार्यक्रममा वडा नं। ३ का अध्यक्ष पुणबहादुर गुरुङले वडावासीको आवश्यकता र मागका आधारमा आगामी दिनमा बजेट तथा कार्यक्रम व्यवस्थापन गरिने बताए। उनले महिलाहरूको क्षमता विकास तथा आयआर्जनका अवसर विस्तारका लागि वडा कार्यालय सधैं सकारात्मक रहेको उल्लेख गरे। “वडामा रहेका महिलाहरूलाई आत्मनिर्भर बनाउन आवश्यक तालिम, सीप विकास र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइनेछ,” उनले बताए।
तालिमका प्रशिक्षक केसर आउजीले आवश्यकता अनुसार खर्च गर्ने बानीको विकास गर्नुपर्ने र तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।
तालिममा सहभागी आदर्श महिला समूहकी वविता तिवारी र गीता ढकालले आम्दानी–खर्च व्यवस्थापन, आयका स्रोत वृद्धि तथा अनावश्यक खर्च न्यूनीकरणका विषयमा महत्वपूर्ण ज्ञान प्राप्त भएको प्रतिक्रिया दिइन्।
त्यसैगरी बुद्धशान्ति महिला समूहकी रेजिना मोक्तान, सुस्मा राना र दिलकुमारी घिसिङले आफ्नो आम्दानी, खर्च र बचतको अनुपातलाई ध्यानमा राखेर लगानी गर्नुपर्ने विषयमा स्पष्ट जानकारी प्राप्त भएको बताइन्। उनीहरूले नगर तथा वडा स्तरबाट थप सीपमूलक तालिमको व्यवस्था भए महिलाहरू अझ आत्मनिर्भर बन्न सक्ने धारणा व्यक्त गरे।खैरहनी–३ मा रुपान्तरणकारी सामाजिक परिचालन तालिम सम्पन्न
चितवन, खैरहनी । महिलाको सुध्रिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजना अन्तर्गत रुपान्तरणकारी सामाजिक परिचालन तालिम खैरहनी नगरपालिका–३ मा सम्पन्न भएको छ। नेपाल दलित महिला उत्थान संघ ९एड्वान०को आयोजना, करुणा ट्रष्टको प्राविधिक सहयोग तथा खैरहनी नगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो।
कार्यक्रममा एड्वानकी उपाध्यक्ष तीर्थकुमारी विकले स्वागत मन्तव्य व्यक्त गर्दै महिलाहरूलाई व्यवसाय तथा उद्यमशीलतामा जोडिएर आत्मनिर्भर बन्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
तालिम समापन कार्यक्रममा एड्वानकी अध्यक्ष विन्दु थापा परियारले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता तालिम आवश्यक रहेको बताइन्। उनले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्न सके मात्रै वास्तविक परिवर्तन सम्भव हुने उल्लेख गरिन्। “महिलाहरू आर्थिक रूपमा सक्षम भए परिवार र समाज दुवै सशक्त बन्छन्। सिकेका कुरा व्यवहारमा उतारेर आत्मनिर्भर बन्नु आजको आवश्यकता हो,” उनले भनिन्।
खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले महिलाहरूले आम्दानी अनुसार खर्च गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिइन्। उनले महिलाहरू आत्मनिर्भर बनेपछि अरूमाथि निर्भर रहनु नपर्ने बताउँदै तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गरी जीवनमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गरिन्। “आर्थिक अनुशासन र सीपको सही प्रयोगले महिलाहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सक्छ,” उनले भनिन्।
कार्यक्रममा वडा नं। ३ का अध्यक्ष पुणबहादुर गुरुङले वडावासीको आवश्यकता र मागका आधारमा आगामी दिनमा बजेट तथा कार्यक्रम व्यवस्थापन गरिने बताए। उनले महिलाहरूको क्षमता विकास तथा आयआर्जनका अवसर विस्तारका लागि वडा कार्यालय सधैं सकारात्मक रहेको उल्लेख गरे। “वडामा रहेका महिलाहरूलाई आत्मनिर्भर बनाउन आवश्यक तालिम, सीप विकास र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइनेछ,” उनले बताए।
तालिमका प्रशिक्षक केसर आउजीले आवश्यकता अनुसार खर्च गर्ने बानीको विकास गर्नुपर्ने र तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।
तालिममा सहभागी आदर्श महिला समूहकी वविता तिवारी र गीता ढकालले आम्दानी–खर्च व्यवस्थापन, आयका स्रोत वृद्धि तथा अनावश्यक खर्च न्यूनीकरणका विषयमा महत्वपूर्ण ज्ञान प्राप्त भएको प्रतिक्रिया दिइन्।
त्यसैगरी बुद्धशान्ति महिला समूहकी रेजिना मोक्तान, सुस्मा राना र दिलकुमारी घिसिङले आफ्नो आम्दानी, खर्च र बचतको अनुपातलाई ध्यानमा राखेर लगानी गर्नुपर्ने विषयमा स्पष्ट जानकारी प्राप्त भएको बताइन्। उनीहरूले नगर तथा वडा स्तरबाट थप सीपमूलक तालिमको व्यवस्था भए महिलाहरू अझ आत्मनिर्भर बन्न सक्ने धारणा व्यक्त गरे। कार्यक्रम सञ्चालन एडवान किसामाजिक परिचारिका सुनिता दराईले गर्नुभएको थियो भने।
कार्यक्रममा वडा सदस्यहरू प्रज्वला कुमारी घिमिरे, माधव श्रेष्ठ, कृष्णबन्धु भुत्र्याल र विष्णुमाया विक लगायतको उपस्थिति रहेको थियो। तालिममा सहभागी महिलाहरूले आर्थिक व्यवस्थापन, बचत, लगानी तथा उद्यमशीलता विकाससम्बन्धी विभिन्न विषयमा ज्ञान हासिल गरेका थिए।
कार्यक्रममा वडा सदस्यहरू प्रज्वला कुमारी घिमिरे, माधव श्रेष्ठ, कृष्णबन्धु भुत्र्याल र विष्णुमाया विक लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्