Spread the love

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी पुलमा माथिबाट निरन्तर ढुंगा खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालयका अनुसार ढुंगा खस्ने क्रम नरोकिएकाले सवारी आवागमनमा समस्या भइरहेको छ। खसेका ढुंगा हटाउन घटनास्थलमा मेसिन तथा उपकरण परिचालन गरिएको कार्यालयले जनाएको छ।

रातको समयमा समेत ढुंगा खस्ने जोखिम रहेकाले उक्त सडकखण्ड भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाई सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय