Spread the love

चितवन —पूर्वी चितवनको रत्ननगर–१ बकुलहरमा रहेको अरुण संचार सहकारी संस्था लिमिटेड द्वारा सञ्चालित, रेडियो अर्पण १०४.५ मेगाहर्जले नयाँ वर्ष २०८३ को अवसरमा अर्पण थानेश्वर सांगीतिक साँझ आयोजना गर्न लागेको छ।

कार्यक्रम यही चैत २० गते शुक्रबार साँझ ६:३० बजे सौराहास्थित होटल सेभेन स्टारमा सांगीतिक साँझ आयोजना गरिएको  रेडियो अर्पणका अध्यक्ष यमन भुसाले जानकारी दिए  ।

रेडियो अर्पणका अध्यक्ष  भुसालले , “गजल र संगीतप्रति दर्शकको बढ्दो रुचिलाई ध्यानमा राख्दै यो सांगीतिक साँझ आयोजना गरेको बताए । उनले साँझले नयाँ वर्षको उत्सवलाई अझ रमाइलो बनाउने विश्वास व्यक्त गरेका छन ।

कार्यक्रममा चर्चित युवा गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रहने छ। उनका दर्जनौं गित संगित चलचित्र र अन्य सांगीतिक कार्यक्रममा  युवा-पुस्तामाझ लोकप्रिय भएका छन्।

रेडियो अर्पण स्थापना कालदेखि नै सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको र  नयाँ वर्षको अवसरमा  सांगीतिक कार्यक्रम  आयोजना गरेको रेडियोका कोषाध्यक्ष एव कार्यक्रम संयोजक धुव्रराज लामिछानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय