३० बैशाख २०८३, बुधबार ०८:२३
चितवन : चितवनको कालिका नगरपालिकाले नगरप्रमुखका लागि छुट्याइएको गाडी खरिद बजेट प्रयोग गरी शववाहन खरिद गरेको छ। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखसहित तीन वटा सवारी साधन जलेपछि नगरपालिकामा गाडी अभाव भएको थियो। सोही अवस्थामा नगरप्रमुख विनोद रेग्मीले व्यक्तिगत रूपमा मोटरसाइकल प्रयोग गर्दै आएकोमा गाडी खरिदका लागि छुट्याइएको बजेटलाई शववाहन खरिदमा प्रयोग गरिएको हो।


नगरप्रमुख रेग्मीका अनुसार ३१ लाख रुपैयाँमा शववाहन खरिद गरिएको हो। उनले भने, “नगरपालिकामा हाल कुनै पनि सवारी साधन छैन। गाडी खरिदका लागि छुट्याइएको बजेटबाट नै शववाहन खरिद गरिएको हो।”
नगरपालिकाले विशेषगरी पहाडी भूभागका विपन्न समुदायलाई लक्षित गर्दै शव व्यवस्थापनमा सहजता ल्याउन निःशुल्क शववाहन सेवा सञ्चालन गर्ने जनाएको छ। विदेशबाट ल्याइने शवदेखि स्थानीय क्षेत्रका दुर्गम बस्तीसम्मका नागरिकलाई सहज सेवा दिन शववाहनलाई प्राथमिकता दिइएको नगरप्रमुख रेग्मीले बताए।








प्रतिकृया दिनुहोस्