काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् ।


राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नेछन् ।
संसद सचिवालयका अनुसार बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट दर्ता भएका संशोधन प्रस्तावहरू प्रस्तुत हुने तथा त्यसमाथि छलफलसमेत अघि बढाइनेछ ।
यस्तै, राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १२ः१५ बजे बस्दैछ । उक्त बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ ।









प्रतिकृया दिनुहोस्