प्रमुख समाचार

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

चितवन । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज रु. १३,८०० प्रति वर्ष, करसहित मा उपलब्ध गराउँदै आएको छ। यस अफरअन्तर्गत रु. २,८२५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल रु. १,००० डिपोजिट मात्र लाग्नेछ। यो प्याकेज छिटो, भरपर्दो र आधुनिक […]

पूरा पढ्नुहोस्

द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

लाओस÷चितवन उद्योग संघ र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिज बीच द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिजका कार्यकारी उपाध्यक्ष थानोङसिंह कन्लयाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता […]

पूरा पढ्नुहोस्

कालिकालाई पर्यटन र फिल्म नगरी बनाउने अभियान, चलचित्र छायांकनका लागि विशेष प्याकेज ल्याइने

चितवन : कालिका नगरपालिकालाई पर्यटन तथा चलचित्र उद्योगको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने अभियानलाई तीव्रता दिइएको छ। नगर प्रमुख विनोद रेग्मीले पर्यटन पूर्वाधार विस्तारसँगै कालिकाका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले फिल्म नगरीको अवधारणा अघि बढाइएको बताउनुभयो। यसै सन्दर्भमा नेपालका चर्चित अभिनेता विराट भट्ट र लक्ष्मण थापासँग नगरपालिकामा विशेष छलफल गरिएको […]

पूरा पढ्नुहोस्

बछौली माविमा महिनावारी स्वच्छताबारे वक्तृत्वकला प्रतियोगिता

रत्ननगर । विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा रत्ननगर–६ स्थित मा महिनावारी स्वच्छता तथा यसको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा १० की छात्रा कञ्चन श्रीपाली प्रथम, कक्षा ९ […]

पूरा पढ्नुहोस्

सेवा नेपालको प्रदेश स्तरीय समन्वय बैठक , बजारीकरणमा प्रदेश सरकारसँग सहयोगको माग

रत्ननगर । सामाजिक उद्यमी महिला सहकारीहरूले उत्पादन गरेका कृषि तथा घरेलु सामग्रीको प्रवर्द्धन र बजारीकरणका लागि प्रदेश सरकारसमक्ष मागपत्र पेश गरिएको छ। सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) ले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेश स्तरीय समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा महिला उद्यमशीलता, कृषि उत्पादन र बजार व्यवस्थापनलाई केन्द्रमा राख्दै विभिन्न माग अघि सारिएको हो। […]

पूरा पढ्नुहोस्

बाढी पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता […]

पूरा पढ्नुहोस्

संस्कृति र प्रकृतिको सङ्गम नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो । समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको हो । करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुुदायका छन् । अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम […]

पूरा पढ्नुहोस्

रत्ननगर तेक्वान्दोलाई खेलकुदका सामग्री हस्तान्तरण

रत्ननगर । रत्ननगर तेक्वान्दो डोजाङलाई सात लाख मुल्य बराबरको खेलकुदको सामग्री हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका एमाले संसदीय दलका नेता जेएन थपलियाले प्रदान गरेको बजेटबाट खेलकुदका सामग्री खरिद गरेर रत्ननगर तेक्वान्दोलाई हस्तान्तण गरिएको डोजाङका संस्थापक अध्यक्ष पुष्पराज जोशीले जानकारी दिए । प्रदेश खेलकुद परिषद्ले उक्त सामग्री हस्तान्तरण गरिएको हो । रत्नगर वडा नं ४ […]

पूरा पढ्नुहोस्

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

कञ्चनपुर । कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको छ । व्यस्त कार्य तालिका, छोटो मातृत्व बिदा, ‘फर्मुला’ दूधको बढ्दो प्रयोग, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको आक्रामक विज्ञापन, सहरीकरण, बदलिँदो जीवनशैली तथा शल्यक्रियाद्वारा प्रसूति हुने संस्थाको सङ्ख्या बढ्नु यसका प्रमुख कारणका रूपमा देखिएको जनाइएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य नर्सिङ निरीक्षक आरती पाण्डेयका […]

पूरा पढ्नुहोस्

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

काठमाडौँ । नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ । […]

पूरा पढ्नुहोस्