रत्ननगर । रत्ननगर तेक्वान्दो डोजाङलाई सात लाख मुल्य बराबरको खेलकुदको सामग्री हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेशका एमाले संसदीय दलका नेता जेएन थपलियाले प्रदान गरेको बजेटबाट खेलकुदका सामग्री खरिद गरेर रत्ननगर तेक्वान्दोलाई हस्तान्तण गरिएको डोजाङका संस्थापक अध्यक्ष पुष्पराज जोशीले जानकारी दिए । प्रदेश खेलकुद परिषद्ले उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
रत्नगर वडा नं ४ स्थित बहुउद्देश्यीय कबर्डहलमा आयोजित औपचारिका कार्यक्रमका बीच प्रदेशका सांसद थपलियाले तेक्वान्दोका अन्तराष्ट्रिय प्रशिक्षक समेत रहेका जोशी तथा खेलाडीहरुलाई खेलकुदका सामग्री हस्तान्तरण गरेका थिए ।
रबडम्याट १६५ पिस, चेस कभर १० पिस, हेडगार्ड १० पिस, ग्रुइङ कभर १० पिस, किक प्याड १० पिस, व्याग किक प्याड १० पिस र एक थान डमी रत्ननगर तेक्वान्दो डोजाङलाई हस्तान्तरण गरिएको संस्थापक अध्यक्ष जोशीले जानकारी दिए ।
सो अबसरमा प्रदेश सांसद थपलियाले तेक्वान्दो खेलको विकासका लागि आफु सधै लागि पर्ने बताए । खेलकुदले समाजलाई सही मार्ग निर्देश गर्ने भन्दै उनले खेलकुदको क्षेत्रमा गरिएको लगानी कहिल्यै खेर नजाने उल्लेख गरे । तीनै तहको सरकारले खेलकुदमा लगानी बढाउन उनले सुझाब दिए ।
रत्ननगर तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष जोशीले एमाले संसदीय दलको नेता समेत रहेका सांसद थपलियाको पहलमा प्रदेश सरकारले २० लाख रुपैया प्रदान गरेको र जेनजी आन्दोलनपछि ३० प्रतिशत रकम कटौती हुँदा १४ लाख रुपैया पाएको उनले बताए । ७ लाखको सामग्री अहिले वितरण गरियो उनले भने बाँकी ७ लाखको सामग्री फेरी वितरण गरिने छ ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की, प्रदेश खेलकुद परिषद् सदस्य नविना खनिया, प्रदेश खेलकुद प्रतिष्ठानका शाखा प्रमुख देवेन्द्र कट्टल, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकाल लगायतको उपस्थिति रहेको थियो ।















प्रतिकृया दिनुहोस्