रत्ननगर, असार ६ — रत्ननगर नगरपालिका वडा नं. ९ स्थित महोवन टोल विकास संस्थामा शनिबार आयोजित बालबालिकाहरूको भेलाले सुजन शर्मा पौडेलको अध्यक्षतामा बाल क्लब पुनर्गठन गरेको छ।
टोल विकास संस्थाका अध्यक्ष धनन्जय शर्माको सहजीकरणमा सम्पन्न कार्यक्रममा बाल क्लबको उपाध्यक्षमा दिया आचार्य, सचिवमा अङ्कित ढुंगाना, सहसचिवमा सृष्टिना मैनाली तथा कोषाध्यक्षमा रिदिमा बस्नेत चयन हुनुभएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले बालबालिकाहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सामाजिक गतिविधिमा सहभागिता बढाउन बाल क्लबको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
सोही अवसरमा रत्ननगर नगरपालिका वडा नं. ९ द्वारा उपलब्ध गराइएको खेलकुद सामग्री टोल विकास संस्थाका अध्यक्ष शर्माले नवगठित बाल क्लबका पदाधिकारीहरूलाई हस्तान्तरण गर्नुभएको थियो।
स्थानीय बालबालिकाहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त कार्यक्रमले बालबालिकाहरूलाई संगठित गर्दै उनीहरूको नेतृत्व विकास र सिर्जनात्मक गतिविधिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।















प्रतिकृया दिनुहोस्