प्रदेश

बछौली माविमा महिनावारी स्वच्छताबारे वक्तृत्वकला प्रतियोगिता

रत्ननगर । विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा रत्ननगर–६ स्थित मा महिनावारी स्वच्छता तथा यसको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा १० की छात्रा कञ्चन श्रीपाली प्रथम, कक्षा ९ […]

पूरा पढ्नुहोस्

व्यास नगरपालिकाले बनायो साढे दुई करोडको नगर अस्पताल, हजारौँ नागरिक लाभान्वित हुने

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा निर्माण सम्पन्न भएको नगरस्तरीय अस्पतालमा दुई करोड ६४ लाखभन्दा बढी लगानी गरिएको छ । नगरपालिकाले निर्माण गरेको उक्त अस्पताल भवन तथा आवश्यक पूर्वाधारमा हालसम्म कुल दुई करोड ६४ लाख ३४ हजार ६५४ रुपैयाँ खर्च भएको जनाएको छ । सदरमुकाम दमौलीमा गण्डकी प्रदेश सरकार मातहतको प्रदेश अस्पताल सञ्चालनमा रहे पनि […]

पूरा पढ्नुहोस्

रुद्रवेणी–पुर्तिघाट सडकमा दुर्घटना : मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र ४५ वर्षीय गिरमान सिंह राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार दुर्घटना राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर […]

पूरा पढ्नुहोस्

पश्चिमी वायुको प्रभावः देशका केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि […]

पूरा पढ्नुहोस्

कर्णालीमा ‘स्याउ विकास बोर्ड’ गठनको तयारी, किसानमैत्री बनाउन सुझाव सङ्कलन सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकार ले प्रदेशमा स्याउ खेतीको संरक्षण, उत्पादन र बजारीकरणलाई व्यवस्थित बनाउन ‘प्रदेश स्याउ विकास बोर्ड’ स्थापना गर्ने तयारी थालेको छ । बोर्ड गठनसम्बन्धी विधेयकलाई किसानमैत्री बनाउने उद्देश्यसहित प्रदेशसभा सदस्यहरूसँग छलफल तथा सुझाव सङ्कलन सुरु गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाह का अनुसार “कर्णाली प्रदेश […]

पूरा पढ्नुहोस्

पथलैया–अमलेखगञ्ज खण्डमा ‘ओभरपास’ निर्माणको प्रस्ताव

पर्सा। पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया–अमलेखगञ्ज सडक विस्तारका क्रममा ८ किलोमिटर दूरीमा जनावर वारपार गर्नका लागि दुई वटा ‘ओभरपास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ । सो खण्डमा सवारीसाधन अत्यधिक मात्रामा गुड्ने हुँदा विभिन्न समयमा वन्यजन्तुको प्राकृतिक स्थान तथा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम रहेकाले सडक विस्तारका क्रममा कम्तीमा दुई वटा ओभरपास निर्माण गर्नका […]

पूरा पढ्नुहोस्

दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

गण्डकी। आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गरेको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा कृषिप्रतिको नकारात्मक सोच कायमै रहेका समयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले भरतपोखरीस्थित सुरौदीको तिखेढुङ्गामा दुई पाडी पाल्न सुरु गरेका थिए । आचार्यलाई तत्कालीन समयमा आफ्नै छिमेकी, इष्टमित्रसमेतले के गरेको होला भनेर होच्याउँथे, कुरा काट्ने गर्थे […]

पूरा पढ्नुहोस्

ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्। शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्। उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने […]

पूरा पढ्नुहोस्

गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु

गोरखा । गोरखामा यात्रुवाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानीय ९५ वर्षीया सुकमाया लामाको मृत्यु भएको हो । काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नं को बसले ठक्कर दिँदा गम्भीर घाइते लामाको उपचारका क्रममा […]

पूरा पढ्नुहोस्

देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा जारी

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वटै वडामा एकएक जना मतदाता शिक्षा […]

पूरा पढ्नुहोस्