४ जेष्ठ २०८३, सोमबार ०८:२६
काठमाडौँ । सुन्धारा कारागारबाट फरार भएकी जन्मकैद सजाय भुक्तान गरिरहेकी एक महिला तीन दिनमै पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई काठमाडौँको असन क्षेत्रबाट पक्राउ गरिएको हो ।
कर्तव्य ज्यान र चोरी मुद्दामा जन्मकैद सजाय तोकिएकी तामाङ शुक्रबार राति करिब १ बजे सुन्धारा कारागारबाट फरार भएकी थिइन् । कारागार प्रशासनका अनुसार उनले भुईँमा विभिन्न वस्तु ओछ्याएर पर्खाल नाघी भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।
यसअघि जेनजी आन्दोलनका क्रममा पनि फरार भएकी तामाङ दुई महिनापछि पक्राउ परेकी थिइन् । यसपटक भने फरार भएको तीन दिनमै प्रहरीको नियन्त्रणमा आएकी हुन् ।















प्रतिकृया दिनुहोस्