चितवन विशेष

मृगकुञ्जमा संरक्षणसम्बन्धी प्रशिक्षण सम्पन्न

रत्ननगर, असार १ — संरक्षणलाई प्रभावकारी र दिगो बनाउने उद्देश्यले सोमबार सौराहामा संरक्षणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले नवनिर्वाचित कार्यसमिति तथा सरोकारवाला पक्षका लागि उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो। मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसँगको समन्वयमा आयोजित कार्यक्रममा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रसम्बन्धी ऐन, संरक्षणका लागि निकुञ्ज र मध्यवर्ती तहबाट भएका प्रयास, मानव–वन्यजन्तु […]

पूरा पढ्नुहोस्

उद्यमशीलतामा आधारित क्षमता अभिवृद्धि तालिम सौराहामा सुरु

रत्ननगर, चितवन, असार १ — पर्यटन व्यवसायमा आबद्ध महिला तथा युवालाई लक्षित गरी उद्यमशीलतामा आधारित क्षमता अभिवृद्धि तालिम सोमबारदेखि सौराहामा सुरु भएको छ। तालिमको आयोजना चितवन उद्योग संघ रत्ननगर समितिले पर्यटन कार्यालय सौराहाको सहकार्य तथा चितवन उद्योग संघको समन्वयमा गरेको हो। तालिमको उद्घाटन रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले गरेका थिए। कार्यक्रममा बोल्दै उनले स्थानीय […]

पूरा पढ्नुहोस्

रत्ननगर–९ मा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम

चितवन, रत्ननगर। रत्ननगर नगरपालिका वडा नं. ९ को आयोजनामा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकास सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना तथा आरोन एजुकेशनको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै वडा सदस्य सुस्मा खड्काथोकिले पछिल्लो समय मानिसहरू दैनिक जीवनशैली, पारिवारिक दायित्व […]

पूरा पढ्नुहोस्

विश्व वातावरण दिवसका अवसरमा कपरफोरी बालुवाटारमा वृक्षारोपण कार्यक्रम

रत्ननगर, जेठ २२ — विश्व वातावरण दिवसको अवसरमा रत्ननगर नगरपालिका–९, कपरफोरी बालुवाटारमा क्षेत्रमा टिकौली सामुदायिक वन र कपरफोरी बालुवाटार विपद् न्यूनीकरण समाजको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो। कार्यक्रममा स्थानीय समुदाय, वन उपभोक्ता तथा दुवै संस्थाका […]

पूरा पढ्नुहोस्

नयाँ Omoda E5 Pro चितवनमा सार्वजनिक

चितवन । युनाइटेड अटो कन्सर्न प्रा.लि चितवनमा Omoda & Jaecoo का आधिकारिक डिलरले आज चितवन बजारमा बहुप्रतीक्षित नयाँ Omoda E5 Pro आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालमा पहिले नै 1,500 भन्दा बढी युनिट सडकमा गुडिसकेको Omoda E5 को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै, नयाँ E5 Pro अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको […]

पूरा पढ्नुहोस्

वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास

मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र—१ झारकोट गाउँमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । त्यहाँस्थित झारकोट गुम्बाका प्रमुख लामा घिर्मी रिङझिङ ठकुरीले दुवै भवनको धार्मिक विधिपूर्वक शिलान्यास गरेका हुन् । स्वास्थ्य चौकीको करिब सात रोपनी जग्गामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको हो । यी दुवै भवनको दुई महिना अघि […]

पूरा पढ्नुहोस्

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

चितवन । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज रु. १३,८०० प्रति वर्ष, करसहित मा उपलब्ध गराउँदै आएको छ। यस अफरअन्तर्गत रु. २,८२५ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्ने र केवल रु. १,००० डिपोजिट मात्र लाग्नेछ। यो प्याकेज छिटो, भरपर्दो र आधुनिक […]

पूरा पढ्नुहोस्

द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

लाओस÷चितवन उद्योग संघ र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिज बीच द्विपक्षीय व्यापार प्रवद्र्धन, संस्कृति, प्रविधि हस्तान्तरण र भगिनी सम्बन्ध स्थापितका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र लाओ नेशनल चेम्बर्स अफ कमर्श एण्ड इष्डष्ट्रिजका कार्यकारी उपाध्यक्ष थानोङसिंह कन्लयाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता […]

पूरा पढ्नुहोस्

कालिकालाई पर्यटन र फिल्म नगरी बनाउने अभियान, चलचित्र छायांकनका लागि विशेष प्याकेज ल्याइने

चितवन : कालिका नगरपालिकालाई पर्यटन तथा चलचित्र उद्योगको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने अभियानलाई तीव्रता दिइएको छ। नगर प्रमुख विनोद रेग्मीले पर्यटन पूर्वाधार विस्तारसँगै कालिकाका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले फिल्म नगरीको अवधारणा अघि बढाइएको बताउनुभयो। यसै सन्दर्भमा नेपालका चर्चित अभिनेता विराट भट्ट र लक्ष्मण थापासँग नगरपालिकामा विशेष छलफल गरिएको […]

पूरा पढ्नुहोस्

बछौली माविमा महिनावारी स्वच्छताबारे वक्तृत्वकला प्रतियोगिता

रत्ननगर । विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा रत्ननगर–६ स्थित मा महिनावारी स्वच्छता तथा यसको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा १० की छात्रा कञ्चन श्रीपाली प्रथम, कक्षा ९ […]

पूरा पढ्नुहोस्